अभियान खवर
Thursday, November 20, 2014
जागिर खान दलितले दिएको निवेदन फिर्ता
धादिङ : दलित समुदायकी एक महिलाले जागिरका लागि दिएको निवेदन अछुत भन्दै गजुरीस्थित राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धकले फिर्ता गरिदिएका छन् ।
धादिङ :कार्यलय सहयोगी पदमा काम गर्न निवेदन लिएर गएकी सन्तोषी विश्वकर्माको निवेदन उनले पकाएको चिया खाजा खान नहुने भन्दै प्रबन्धक शंकरप्रसाद पौडेलले फिर्ता गरिदिएका हुन् । बैंकले कार्यलय सहयोगीको लागि निवेदन मागेको थियो । गजुरी गाविस–१ आदमारा घर भएकी सन्तोषीले आफू दलित भएकैले निवेदन नलिएका बताइन् ।
‘म्यानेजरले तिमी दलित रहिछौ । हामीकहाँ कार्यलय सहयोगीले चियाखाजा पनि पकाउनु पर्छ । मैले दलितले पकाएको खाने गरेको छैन भनेर फर्कादिए’ सन्तोषीले भनिन्, ‘धितो लिएर आऊ, सहुलियतमा ऋण दिउँला । त्यसबाट आम्दानी गर्न सजिलो हुन्छ भनेर निवेदन नै लिएनन् ।’
कातिक ३० मा निवेदन लिएर बैंकमा गएकी सन्तोषी दलित भएकै कारण बैंकले निवदेन नलिएपछि न्याय खोज्दै दलित अधिकारकर्मीकहाँ पुगेकी छन् ।
सन्तोषी सम्पर्कमा आएपछि जिल्ला प्रहरी कार्यलयमा जातीय विभेद तथा छुवाछुत कसुर र सजाय ऐन ०६८ वमोजिम कारवाही माग गर्दै मंगलबार ठाडो निवदेन दिइएको दलित अधिकारकर्मी श्याम मगरातीले जानकारी दिए ।
‘दलित महिलालाई सार्वजनिक पदका म्यानेजरले दलित भएकै कारण निवदेनै नलिएको घटना निन्दनीय छ’, उनले भने, ‘कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यलयमा ठाडो उजुरी दिएका छौं ।’
पीडित पक्षको निवेदनपछि प्रबन्धक पौडेललाई सात दिनभित्र जिल्ला प्रहरी कार्यलयमा उपस्थित भई छलफल गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यलय मुद्धा शाखाका प्रहरी निरीक्षक वासुदेव थापाले जातीय विभेदको विषयमा ठाडो उजुरी परेको जनाउँदै दुवैपक्षलाई ६ गते बोलाएर छलफल गराउने बताए ।
६ वर्ष अघि सन्तोषीका पतिको मृत्यु भएको थियो । आर्थिक अवस्था कम्जोर भएकी सन्तोषीले एकमात्र छोरीलाई गजुरीकै एक समाजसेवीको सहयोगमा जगदम्वा बोर्डिङमा पढाइरहेकी छिन् ।
यसअघि केही दिनअघिमात्र गजुरी गाउँ विकास समितिकै उज्यालो गाँउमा दलित महिलाले पालेको गाईको दूध नविकेको घटना सार्वजनिक भएको थियो ।
- See more at: http://annapurnapost.com/News.aspx/story/2727#sthash.wij4UOSJ.WQ6DKb1S.dpufTuesday, November 11, 2014
रुकुममा जलवायु कार्यक्रमको अनुगमण
प्रविर ददेल
कात्तिक २५, रुकुम ।
जिल्ला जलवायु सहयोग कार्यक्रम अन्र्तगत जिल्लाको पुर्तिमकाडा र अर्मा गाविसमा सञ्चालन गरेका योजनाहरुको अनुगमण तथा मुल्याङकन गरिएको छ ।
जिल्ला विकास समिती रुकुमका कार्यक्रम संयोजक चिन्तामणि दाहालको नेतृत्वमा कार्यक्रमको अनुगमण तथा मुल्याङकन गरिएको हो ।
युएनडिपी, युरोपेली युनियन र डिएफआइडि को आर्थिक सहयोग र जिल्ला विकास समिती रुकुम अन्र्तगत सञ्चालन गरिएको जिल्ला जलवायु सहयोग कार्यक्रम रुकुम जिल्लाका ५ गाविसमा सञ्चालन गरिएको छ ।
अनुगमणको क्रममा पुतिृमकाडा र अर्मा गाविसहरुमा सञ्चालन गरिएको सुधारिएको चुलो, सुधारिएको घट्ट, मुलसुधार, तटवन्ध निर्माण, ताजा तरकारी खेतीलगायतको अनुगमण तथा मुल्याङकन गरिएको थियो । भने जलवायु सहयोग कार्यक्रमको हालको अवस्था, कार्यक्रमका चुनौतिहरु, कार्यक्रमका उपलव्धीहरको वारेमा स्थानीय वासी सँग छलफल समेत गरिएको थियो ।
जिल्ला जलवायु सहयोग कार्यक्रमले जलवायुका कारण उच्च जोखीमका परेका घरपरिवारको जिवनस्तर सुधारको लागि सहयोग गरेको स्थानीय वासी लक्ष्मी खड्काले वताईन उनले भनिन, कार्यक्रमले स्थानीय जनताहरुलाई प्रत्यक्ष फाईदा पुगेको जनाईन । कार्यक्रमले आगामि सवै गाविसका
अनुगमणमा जिल्ला जलवायु सहयोग कार्यक्रमका कृष्णरमण अधिकारी, कार्यक्रम अधिकृत लक्ष्मी अवस्थी, जिल्ला प्रशासन कार्यालय रुकुमकी रम्वा केसी, लघु उद्यम विकास कार्यक्रमका ललीत खड्का, पुर्तिमकाडा गाविस सचिव मोहन केसी, अर्मा गाविस सचिव कविराज केसी, जिल्ला प्राविधीक कार्यालयका ओम थापा, नेपाल पत्रकार महासंघ रुकुमका प्रविर ददेल युएनडिपीका क्षेत्रीय कार्यालय नेपालगञ्जका सजनी चौधरीको समेत उपस्थित रहेका थियो ।
Friday, November 7, 2014
रुकुममा जातीय छुवाछूत नमुना जिल्ला निर्माणको लागि कार्यदल गठन
प्रवीर ददेल
कात्तिक २१, रुकुम ।
रुकुममा जातीय छुवाछुत नमुना जिल्ला निर्माणको लागि कार्यदल गठन गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरण सम्वन्धी जिल्ला प्रशासन कार्यालय रुकुममा वसेको वैठकले सो निर्णय गरेको हो । वैठकमा रुकुम जिल्लालाई जातीय छुवाछूत नमूना जिल्ला निर्माणको लागि नयाँ कार्य योजना निर्माण समिति गठन गरिएको छ । समितिमा चिन्ताामणि दाहालको संयोजकत्वमा ५ सदस्य कार्यदल गठन गरिएको हो । सदस्यहरुमा उपेन्द्रलाल कामी, गणेश विक चिन्तन, खड्क वस्त्राकार र यज्ञ परियार रहनु भएको छ । जसमा आमन्त्रित सदस्यहरु यामकुमारी परियार र चिना वि.क रहनुभएको छ ।

समितिले आठविसकोटका वादी परिवारको आवास व्यवस्थापनको लागि छिट्टै कार्ययोजना तयार गरि जग्गा खरिद गर्न समन्वय गर्ने जनाएको छ । वैठकमा स्थानीय विकास अधिकारी भरतकुमार शर्मा, जिल्ला शिक्षा कार्यालय रुकुमका विद्यालय निरक्षक लालवहादुर घर्तिमगर, जिल्ला स्वास्थ्य कार्यालय रुकुमका विष्णुवहादुर वुढाथोकी, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक चिन्तन, महिला विकास कार्यालय प्रमुख सुनिता केसी, वालकल्यान अधिकृत मानवीर ओली, संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष पुर्णवहादुर कसेरा, नेपाल दलित संघ केन्दीय सदस्य यज्ञवहादुर परियार, ने.रा. द.मु. अध्यक्ष मनवहादुर वादी, ओसीडिसी रुुकमका अध्यक्ष, .खडकवहादुर वस्त्राकार , नेपाल दलित पत्रकार मञ्च रुकुमका अध्यक्ष तथा दलित मानव अधिकार रक्षक प्रवीर ददेललगायतको उपस्थिती रहेको थियो । वैठकमा रुकुम जिल्लामा सञ्चालनमा रहेका सञ्चार सस्थाहरुलाई दलितमैत्री वनाउन पहल गर्ने जनाएको छ ।
Sunday, October 5, 2014
दलितलाई मन्दिर प्रवेशमा रोक
.jpg)
बडा दसैंको सप्तमीमा फूलपातीको दिन मन्दिरमा बली दिन लगिएका राँगा, बोकासहित गएकाहरुलाई उनीहरुले फिर्ता गरेपछि दलित अगुवाहरु एकजुट भएर आफुहरुमाथी भएको अभद्र व्यवहार विरुद्ध कानुनी जाहेर गर्न वाध्य भएको महिला दलित अगुवा दुर्गा विकले बताइन् ।
पहिले देखिनै मन्दिर प्रवेशमा रोक लगाउने गरिएपनि आपसी सहमति पछि यसपालीदेखि दलितहरुलाई पनि मन्दिर प्रवेश गर्न दिइने भएको थियो ।
तर, अन्त्यमा आएर प्रवेशमा रोक लगाईएको कालीका स्थानका दलीत बासीले वताएका छन् । आज बिहानै गाविसमा बसेको दलित अगुवाहरुको एक छलफलले विज्ञप्ती निकालेर वडा दशै जस्तो महान पर्वमा आफुहरु प्रति जातीय भेदभाव तथ छुवाछुत कसुर ऐन २०६८ विरुद्ध विभेद गरेको औल्याएका छन् ।
कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा कुनै पनि सार्वजनीक स्थल, मठ मन्दीरमा दफा बमोजिमको कुनै काम गरे वा गराएमा ऐन वमोजीम कानुनी कारवाहीको व्यवास्था रहेको छ ।
Tuesday, September 30, 2014
बाहुन र दलितको जमरा एकै ठाउँमा
१५ असोज, नुवाकोट । यस वर्षको बडादसैँको जमरा बेलकोट गाविसको वडा नं ३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राहृमण, क्षेत्री, मिजार, विश्वकर्माले संयुक्त रूपमा जमरा राखेर उमारिरहेका छन् ।
यस वर्ष मन्दिरमा एक सय ६० परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढीमा रहेको मन्दिरमा बाहुनदेखि दलितसम्मको जमरा राखिएको पूजा सञ्चालन समितिका अध्यक्ष कालीबहादुर तिवारीले जानकारी दिए । ‘पुस्तौंदेेखिको चलनअनुसार गाउँलेले सामूहिक जमरा राखेका हुन्’ तिवारीले भने-‘जमरा राख्दा यो जात ऊ जात भन्ने चलन छैन ।’
सामूहिक जमरा राख्ने परम्पराले गाउँमा जातीय विभेद कम गराउन भूमिका खेलेको दलित अधिकारकर्मी बद्री मिजारले बताए ।
मन्दिरमा सामूहिक जमरा राख्ने परम्परा पृथ्वीनारायण शाहको पालादेखि रहँदै आएको बुढापाकाहरुले बताउने गरेका छन् । शाहकै पालादेखि मन्दिरमा बडादसैँ र अन्य पर्व पूजा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको छ ।
तर आजभोलि गुठी जग्गाबाट कुतबाली उठ्न छाडेपछि पूजा सञ्चालनमा निकै कठिनाई पर्दैआएको गाविसका निवर्तमान गाविस अध्यक्ष वासुदेव कडुवालले बताए
Sunday, September 28, 2014
वन्दीहरुलाई फलफुल
असोज १३, रुकुम ।
अभियान खवर
रुकुम जिल्ला कारगारमा रहेका वन्दीहरुलाई सयुक्त दलित अधिकार मञ्च रुकुमले फलफुल वितरण गरेको । विजया दशमी तथा शुभदिपावली २०७१ सालको पावन अवसरमा जिल्ला कारगारमा रहेका वन्दीहरुलाई फलफुल वितरण गरीएको हो ।
कार्यक्रम सयुक्त दलित अधिकार मञ्चका अध्यक्ष पुर्णवहादुर कसेराको अध्यक्षता र मञ्चका कोषाध्यक्ष गंगाराम चनाराको सचलनमा भएको थियो । कार्यक्रममा राष्टिय दलित आयोगका अध्यक्ष मानवहादुर नेपालीको प्रमख अतिथ्यमा भएको थियो । कार्यक्रममा नेपाली कांग्रैेसका सचिव भिमवहादुर खड्का, नेपाल राष्टिय दलित मक्त मोर्चाका केन्द्रय सदस्य उपेन्द्रलाल कामी, नेपाल पत्रकार मञ्चका अध्यक्ष गणेश चिन्तन, दलित अधिकार कर्मी खड्क वस्त्राकार,नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेल, प्रेस युनीयन रुकुमका उपाध्यक्ष आर्दश केसी, प्रेस चौतारी रुकुमका अध्यक्ष सुरेन्द्र खत्री कान्तिकारी पत्रकार संघका सचिव मेगराज खड्का, कान्तिकारी पत्रकार महासंघका अध्यक्ष शेरवहादुर केसी लगायत रुकुम जिल्लामा क्रियाशिल पत्रकारहको उपस्थिती रहेको थियो ।
Subscribe to:
Posts (Atom)