Wednesday, July 30, 2014

दलित विद्यार्थिवाट शुल्क लिने विद्यालयलाई कारवाहि गरीने


अभियान खवर 
साउन १४, रुकुम । दलित विद्यार्थिहरुवाट शुल्क लिने रुकुमका सामुदायीक तथा संस्थागत  विद्यालयलाई कारवाहि गरीने भएको छ । नेपाल सरकारले दलित विद्यार्थिहरुलाई कक्षा १ देखी कक्षा १२ सम्म निशल्क पठनपाठनको कानुनी व्यवस्था भएपनि  विद्यार्थिवाट अवैध रुपमा शुल्क उठाउने गरेको जनगुनासो वढेपछि  विद्याललायलाई कारवाहि गर्ने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जनाए । उनले भने, नेपाल सरकारको नीति विपरित रकम असुली गर्ने  विद्यालयहरुलाई पहिलो चरणमा परिपत्र गरेर सचेत वनाउने, नटेरमा  कारवाहि गर्ने जनाए । 
 सामुदायीक विद्यालयहरुमा कक्षा १ देखी ८ सम्म पुर्ण रुपमा दलित विद्यार्थिहरुलाई निशुल्क पठनपाठनको व्यवस्था र ९ देखी १२ सम्म नेपाल सरकारको रजिष्टेशन शूल्क वाहेक अन्य कुनै पनि शुल्क उठाउनु गैर कानुनी भएकाले यस्तो शुल्क उठाउने विद्यालयलाई  कारवाहि गरीने जिसिअ खनाले भने ।
 निजी तथा संस्थागत  विद्यालयहरुमा समेत कुल विद्यार्थिको १० प्रतिसत गरीव तथा दलित विद्यार्थिहरुलाई निशुल्क पढाउने व्यवस्था भएपनि सरकारी विद्यालले समेत चर्को शुल्क उठाउने गरेको वारे सयुक्त दलित अधिकार मञ्च रुकुमका अध्यक्ष पुर्णवहादुर कसेराले  जिशिअ खनाललाई ध्यानाकर्षण गरेका थिए ।  उनले भने, हामीले पटक पटक  सरोकारवाला निकायलाई ध्यानार्कषण गर्दा सम्म कुनै सुनाई नभएको जानकारी गराउदै नितिमा व्यवस्था भएका व्यवस्था कार्यन्वय गर्न जिल्ला शिक्षा कार्यालयलाइृ आग्रह समेत गरेका थिए । 
दलित विद्यार्थिहरुलाई निशुल्क शिक्षाको व्यवस्थाको माग जायज छ, कार्यन्वयन गर्न प्रतिवद्ध हुने जिशिअ खनाले वताए । 
जिल्ला शिक्षा कार्यालयवाट सम्वोधन हुने मागहरु हामी यथासिघ्र कार्यन्वयन गर्ने अन्य सम्वन्धीत सरोकोवाला निकाय तथा केन्द्रमा समेत यसको वारेमा जानकारी वनाउने जिल्ला शिक्षा कार्यालय रुकुमले जनाएको छ । 
दलित विद्यार्थिहरुको माग लिएर सयुक्त दलित अधिकार मञ्चका पुर्णवहादुर कसेरा, राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य उपेन्द्रलाल कामी, उत्पिडीत जातीय मुक्ती समाजका कावा अध्यक्ष नवराज परियार, राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष मनवहादुर वादी, दलित विद्यार्थि अभिभावक संघका अध्यक्ष रवीलाल नेपाली, दलित शिक्षक मञ्चका टोराम नेपाली, दलित विद्यार्थि मञ्चका लक्ष्मण विक र नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेल लगायतको दलित अधिकार कर्मीहरु जिल्ला शिक्षा कार्यालय पुगेर ध्यानाकर्षण गराएका थिए । 

Tuesday, July 29, 2014

५ घण्टा पछि यातायात सुचारु


अभियान खवर
साउन १३, रुकुम । राप्ती राजमार्ग अन्र्तगत सिम्रतु वजार नजिक गएको पहिरोका कारण ५ घण्टा पछि यातायात सुचारु भएको छ । मंगलवार विहान करीव ६ वजे गएको पहिरोले सडक अवरुद्ध गरेपछि यातायात वन्द भएको थियो ।
 विहना ७ वज देखी डोज्जर लगाएर पहिरो पन्छाएपछि यातायात दिउसो १२ वजे दखी सुचारु भएको छ । सडक अवरुद्ध भई यात्रु अलपत्र परे प्रमुख जिल्ला अधिकारी हरीप्रसाद भण्डारी, स्थानिय विकास अधिकारी भरतकुमार शर्मा, प्रहरी नायव उपेरिवेक्ष गौतमराज कट्टेल, सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना, राष्ट्रिय अनुसन्धान अधिकृत नरेन्द्र कुमार भण्डारी , पत्रकार प्रविर ददेल सडक अवरुद्ध क्षेत्रमा पुगेर अनुगमण गर्नुभएको थियो । पहिरोलाइृ उचित रुपमा पन्छाउन प्रजिअ भण्डारीले रौताहा कम्पनीका दिनेश दाहाललाई  निर्देशन दिनुभएको थियो ।


राहदानीवाट ६ करोड रुपैया राजश्व संकलन


प्रवीर ददेल
साउन १२, रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुमले आर्थिक वर्ष २०७०÷७१ मा राहदानीवाट  झण्डै साढे ६ करोड रुपैया राजश्व संकलन गरेको जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय रुकुमले सोमवार गरेको पत्रकार भेटद्याट  कार्यक्रममा  आर्थिक वर्ष २०७०÷७१ मा राहदानीवाट रु  ६ करोड ३८ लाख ५ हजार रुपैया राजश्व संकल गरेको हो ।
 जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार – दु्रतगतिको राहदानीवाट  ६ करोड १६ लाख ९० हजार रुपैया र जिल्लावाट राहदानी फारम सिफारिस मार्फत  २१ लाख १५ हजार रुपैया संकलन भएको प्रमुख जिल्ला अधिकारी हरीप्रसाद भण्डारीले वताए ।
 यस वर्ष जिल्लावाट राहदानी फारम ३ सय ५७ जनाले भरेका छन । भने, दु्रत गतिको राहदानी फारम ६ हजार १ सय ६९ जनाले फारम भरेको जनाएको छ । गत वर्ष राहदानी संकलनवाट जिल्लामा २५ लाख ८० हजार रुपैया संकलन भएको थियो ।  भने केन्द्रवाट ३ हजार ४ सय २२ जनाले दु्रतगतीको सेवा लिएका थिए । जसवाट ३ करोड ४२ लाख २० हजार रुपैया संकलन भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष जिल्लामा राहदानी संकलनवाट करीव ४ लाख ६५ लाख रुपैया  राजश्व  कम संकलन भएको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ । भने दु्रत गतिको राहदानी भन्दा भने करीव रु २  करोड ७४ लाख ७० हजार रुपैया वढेको जिल्ला प्रजिअ भण्डारीले भने ।
गत वर्ष जिल्लावाटै राहदानी फारम भर्ने सेवाग्राही वढी भएपनि राहदानी प्राप्त गर्न  ढिला सुस्तीका कारण यस वर्ष दु्रत गतिको सिफारिस लिने सेवाग्राही वढेको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ ।

Monday, July 28, 2014

हार्दिक वधाई





नेपाल दलित पत्रकार मञ्च रुकुमकी कोषाध्यक्ष मेनका परियार क्रियाशिल पत्रकार महिला समुहकी उपाध्यक्ष , रुकुमकी क्रियाशिल महिला पत्रकार नुमा रिजाल, निर्मला शर्मा, समित्रा केसी, तुलसा शर्मा क्रमश अध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्ष पदमा र ललीता राना र गंगा विसी सदस्य पदमा सर्वसहमत चुनिनु भएकोले हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । 
                                                                                                           
                                                                                                    नेपाल दलित पत्रकार मञ्च रुकुम

Sunday, July 27, 2014

ताजा तरकारी खेतीमा दलित महिला


मेनका परियार
साउन १२, रुकुम ।  “गरेपछि आगनकै डिलमा बाह्रै महिना ताजा तरकारी खान पाइदो रहेछ, ताजा तरकारीको लागि करेसाबारीको महत्व बुझेपछि अन्त कतै किन्नको लागि धाउनु पनि परेन, तरकारी खोजीको दिनहुँको झनझट त हट्छ नै उता समयको बचत पनि उतिकै हुदो रहेछ ।” यस्तै अनुभव बताईन् गरायला गा.वि.स.वडा नं. ३ मसारी टोल निबासी २९ बर्षिय मनकली परियार । उनी मात्रै होईन त्यहाँका उनीजस्तै गृहणीहरु साँझ बिहान तरकारीको छाक टार्न तरकारी खोज्दै भौतारीदै हिड्नु पथ्र्यो । तरकारी किन्न कहिले पासमा पैसा हुन्थ्यो त कहिले हुर्दैनथ्र्यो फेरी उता अरु कामकाजलाई पन्छ्याउँर्दै तरकारीको छाक टार्न प नि हिड्नै पेर्ने । उनीले “थपिन् आफनै बारीमा तरकारी उत्पादन गरी ताजा तरकारी खान त मन लाग्थ्र्यो तर पानीको अभावले त्यो सपना सपना मै रहेको थियो । हरियो सागसब्जी खानालाई बर्षायाम नै कुर्नुपथ्र्यो” यस्तै समस्यामा थिए भौगलिक रुपले बिकत मानिने रुकुम गरयला गा.वि.स.मसारी टोलका कृषकहरु ।
 उनीहरु कृषी पेशाा त गथ्र्ये नै कृषी गरेपनि धित मरुन्जेल हरियो तरकारी खानबाट भने बञ्चित थिए । आकाशे पानीको भरमा गरिने कृषीमा बर्षायाम बाहेक अरु समयमा हरियो देख्न सकिर्दैनथ्र्यो । तर केही समय यता भने त्यो यर्थातता अलि फरक भएको छ । मनकली र उनीजस्तै अरु दिदीबहिनीहरुले करेसाबारी तालिम प्राप्त गर्ने अवसर पाए । तालिम संगसंगै तरकारी बिउ सहयोग पनि प्राप्त भयो त्यसपछि उनीहरुले अफुसँग भएजतिको करेसाबारीमा तरकारी लगाउन थाले तरकारी उत्पादन गर्न पानीको समस्या त थियो नै तर त्यो समस्या पनि खासै समस्याको रुपमा अब रहेन किनभने तालिममा सिके अनुसार उनीहरुले भान्सा र घरबाट निस्केको रछ्याने पानीलाई संकलन गरी करेसा बारीमा सिचाई गर्ने गरे । त्यसपछि त मनकली मात्रै होईन गरायला गा.वि.स.वडा नं. २ र ३ का स्थानियहरुले त्यसै गर्न थाले । करेसाबरी तरकारी खेती गर्न मात्रै होईन फोर पानी संकलन गर्न पनि भाँडाको सहयोग ग¥यो दलित सेवा संघ रुकुमले । आजभोली स्थानियहरु आफ्नै बारीमा मौषमी मात्रै होईन बेमौषमी तरकारीहरु पनि उत्पादन गरेर बर्षैभरी हरियो तरकारी खाने गर्दछन् । किनेर हरियो तरकारी खान नसक्ने सर्बसाधरणहरु आफ्नै बारीमा फलाएर खान सक्ने भएका छन् । धेरैजसो हरियो सागसब्जी तरकारीहरु खानासँग मिलाएर खाँदा बालबालिका, बृद्धबृद्धा लगाएत सबैको स्वाथ्य राम्रो हुने स्वाथ्यकर्मीहरु बताउँछन् । रछ्याने पानी संकलन गरी बारीमा स्थानियहरुले भाजी, गोबी, केराउ, बन्दा, सिमी, आलु, प्याज लगाएतका तरकारीहरु लगाएका छन् । दलित सेवा संघ रुकुम र यु.एम.एन रुकुम कलष्टरको साझेदारीमा गरायला गा.वि.स.को वडा नं. २ र ३ मा संचालित “सिमान्तकृत समुदायको खाद्य सुरक्षामा सुधार कार्यक्रम” अन्तरगत करेसाबारी तालिम तथा सहयोग कार्यक्रम लागु भएपछि किसानहरुमा यो परिवर्तन आएको हो । यो भन्दा अगाडी कहिले मनकली, कहिले उनका श्रीमान त कहिले छोराछोरी पालैपालो गरी तरकारीकोे लागि दिनैपिछ्छे छिवाङको चौतारा भन्ने ठाउँमा आउनुु पथ्र्यो । उनी जस्तै उनका छरछिमेक पनि यसै गर्थे । आजभोली आफ्नै करेसाकाबारीमा तरकारी फलेपछि मनकलीको परिवार मात्र होईन गाउँका दिदीबहिनीहरु बिहान बेलुका आफ्नै बारीमा पुग्छन् । फेरी मनकलीले थपिन् ः पहिले साँझ विहान के तरकारी खाने भन्ने समस्याले अति नै सताउथ्यो तर अब त्यसो छैन ।

Saturday, July 26, 2014

विचैमा पडाई छोड्दै रुकुमका दलित वालवालीका


प्रविर ददेल 
विद्यालय छोडेर गााउमै रहका वालावालिका तस्वीर प्रविर ददेल 
साउन ११ ,रुकुम ।  शिक्षालाई निशूल्क गुनस्तरीय र प्रभावकारी रुपमा  सम्पुर्ण वालवालीकाको पहँुच सम्म पुय्राउन गाँउगाँउमा वर्षातको च्याउ उम्ररी झै दिनानु दिन सरकारी तथा निजी विद्यालय खुलीरहेको अवश्थामा रुकुमका दलित समुदायका वालवालीकाहरु आर्थिक अभावका कारण विचैमा विद्यालय छाड्न वाध्य रहेका छन । आर्थिक समस्याका कारण  रुकुमका दलीत विद्यार्थिहरले प्राथमिक तहको पढाई सँगै  स्कुल छाड्न वाध्य वनेका हुन । 
 दलित परिवारलाई साँझ विहानको छाक टार्न धौ धौ पर्ने गरेको दलित समुदायले जनाएका छन । कोही कोही दलीत विद्यार्थिहरुले निम्न मा. वि.सम्म जेन तेन पढे पनि माध्यमिक तह पुरा नगदै पढाई छोड्न गरेका छन ।, भने .उच्च मा.वि.मा भने आर्थिक कमजोर र विद्यालयको चर्को सुल्कका कारण आकाशको फलझैँ वनेको स्थानिय दलित  वुद्धीजिवी गंगाराम ददेल वताउछन । उनी भन्छन, गरीव तथा दलित विद्यार्थिहरुलाई उच्चमावि तथा क्यापसको पढाई आकासको फल वनेको छ । 
आफुले नपढेका कारण दु;ख पाएको अनुभव हुदा हुदै पनि आर्थीक अभावका कारण आफना छोरा छोरीलाई पढाउन नसकेकोमा छिवाङ २ का शेरवहादुर कामीले जनाए । उनका छोरा छोरी सवै प्रा.वि मै विद्यालय छाडेका छन भने जेठा छोरा २०५५ सालमा कक्षा ७ मा पढदापढदै विचैमा पढाई छोडी कालापहाडमा गएको वताईन । उनी  कालापहाडवाट घर फर्के पढने चाहाना भएपनि  स्कुले डे«समा नपाउदा पढन नपाएको खड्कवहादुर कामीले वताए । आफनो उमेरका वालवालिका  विद्यालय पढन गएको देख्दा आखामा आशु खस्छ उनले भने । तर घरको आर्थिक स्थितीले उनको पढने रहरलाई निरासा वनाएको वताए । 
सरकारले सवै नागरिकलाई साक्षरता वनाउन करोडौ रुपया खर्चीएको अवश्थामा यी कलीला वालवालीका भने आर्थिक स्थितीका कमजोर भएका कारण रुकुमको सदरमुकाम खंलगा ,स्थानीय वजार वैरागी ठाटी, सिम्रुतु झुल्नेटा लगायतका वजारका होटेलहरुमा जुठा भाडा माझी रहेका छन । 
छिवाङ्ग २ रुकुमका १२ वर्षिय  सन्जु सुनार उनी कक्षा ४ मा पढदा पढदै साझ विहानको छाक जुटाउन विद्यालय छोडी काम गर्न थालेको पिडा उनी भन्छन –मेरो पढने इच्छा छ । घरमा खान पुग्दैन सँगैका साथी स्कुल जादा मन रुन्छ । मेरो  कलम समाउने इच्छा कहिले पुरा होला । खोलागाउ –३ का १४ वर्षिय गोपाल कामी  पिडा पनि फरक छैन उनी भन्छन –  वावाले दिनभरी फलाम पिट्छन , तर पैसा हुदैन वर्षको एक चोटी २–३ पाथी अन्न ल्याउछौ ,त्यसले खान पुग्दैन ,दिनभरी मजदुर गरेर साझ ल्याउने होईना भने भोकै मरीन्छ भने कलम कापी किन्न र स्कुल जान पैसा नै छैन  भन्छन । आर्थिक स्थिती कमजोर भएका कारण विद्यालयको मुख देख्न पाईएन १४ वर्षका विवाह भयो अहीले १८वर्षकी भए घरमा २ छोरा र एक छोरी छन मेरो ज्यानमा समस्या छ विमला सार्की आफ्नै शव्दमा भनीन । यसरी दलीतले आर्थिक समस्याका कारण र शिक्षा नउाउदा वालविवाह ,वहुविवाह र कुलतमा फस्ने गर्दछन । 
गाँस, वाँस, कपास, शिक्षा ,स्वास्थ्य र रोजगार कुनै पनि मानिसको मौलीक अधिकार हो । तर मौलिक हक कितावमा मात्र सिमीत भएका छन । कार्यन्वयन भएको छैन । वेला वेला  शिक्षालाई गुणस्तरीय सर्वसुलभ र निशूल्क प्रदान गर्ने नारा घन्काउने राज्यको नारा भएपनि त्यो नारमा मात्र सिमीत भएका छन । निती नियमलाई कार्यन्वयनमा ध्यान नदिनु सरकारकोे गैर जिम्मेवारीपन  भएको दलित समुदाय वताउछन । 
भन्छन दलित वुद्धीजीवी लालवहादुर सेर्पाली । जिल्ला शिक्षा कार्यालयको तथ्याङ अनुसार साढे १२ प्रतिसत वालवालिका विद्यालय वाहिर रहेका छन । जसमा दलित वालवालिका नै वढी रहेको छ । 

Friday, July 25, 2014

वोली फेरीयो, व्यवहार फेरीएन


प्रविर ददेल
नेपाली समाजमा दलित आर्थिक, शैक्षिक, राजनैतिक, सामाजिक, तथा सास्कृतिक रुपमा परम्परागत काल देखी पछाडि परेका छन । पछाडि परेको समुदायलाई मुल प्रवाहकिरण गर्ने जिम्वेवारी राज्यको हो । तर राज्यले आफनो जिम्वेवारी पुरा गर्न सकेको छैन । जसका कारण दलित सधै अपहेलीत, अन्याय र तृस्कारको सिकारमा परीरहेका  छन । नेपालमा २०२० सालको मुलुकी ऐनमा तत्कालीन राजा महेन्द्र विरविक्रम शाहले भेदभाव गर्ने अपराध हो भनि उल्लेख गरेको पाईन्छ । त्यस्तै नेपालको सविधान २०४७ सालमा दलितलाई छुवाछुत गरे एक वर्ष जरिवाना र तिन हजार रुपैया जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । २०६२÷२०६३ को जनआन्दोलनवाट प्राप्त प्रतिनीधीसभाले पनि नेपाललाई छुवाछुत राष्ट्र घोषणा गरेको छ । नेपालमा जातिय छुवाछुत सम्वन्धी निती नियम  तथा ऐन मा उल्लेख  भएपनि कार्यन्वय भने कहिल्यै भएनन । जसका कारण दलित समुदाय सधै हेपीए चेपीए । राज्यको दोस्रो दर्जाको नागरिक वनीरहे ।  यो अवस्था अहिले पनि कायमै रहेको पाईन्छ । समय परिवर्तनशिल छ । परिवर्तन समय सँगै मानिसको वानी व्यवहार फेरीएको छ । त्यस्तै गरी दलित समुदायलाइृ हेप्ने प्रवृति पनि फेरिएको छ । पहिले वोली र व्यवहार एकै थियो । तर अहिले वोली फेरीएको छ । जातीय छुवाछुत विरुद्ध चर्को चर्को भाषण हुने गर्दछ । जताततै दलित अधिकारको आवाज उठीरहेको छ । समावेसीको कुरा उठीरहन्छ । तर त्यो व्यवहारमा देखीदैन ।  राज्यको हरेक तह तप्कामा दलित समुदायको सहभागीता खोजी रहेका छन । तर त्यो वोली मात्र देखीन्छ ।  व्यवहारमा भने अझै त्यस्तो देखीदैन । दलितहरुलाइृ अझैपनि हरेक तह र तप्कामा हेप्ने र चेप्ने प्रवृति कायम छ । दलितहरु निती निर्माण तह देखी निती नियम कार्यन्वयन तह सम्म यो अवस्था देखीन्छ । यति भन्दा तपाइृलाइृ कतै चस्स पार्न सक्छ । त्यस्तो मान्नु पदैनन । यो समुदायमा भोगेको, देखेको र सुनेको आधारमा यो तितो सत्य खोल्न वाध्य भए । दलित समुदायहरु सामाजिक, सास्कृतिक, शैक्षिक, राजनैतिक, रुपमा हेपीने गरेका छन । त्यहा मात्र हैन नोकरी तथा जागिरमा समेत  हेपीने गरेको तथ्य फेला परेको छ । नेपाली सेना र नेपाल प्रहरी अन्य सरकारी तथा गैर सरकारी संघ सस्थाको जागीरमा पनि हेपीने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार कहाँ छैन र जातिय भेदभाव ? सवै क्षेत्रमा दलित समुदाय सहेर वस्नु पर्ने जनाएको छ । यति भन्दा दलित समुदायको लागी राज्यले केही गरेन भनेको हैन । तर  दलित समुदायको लागी जति गर्नु पर्दथ्यो त्यो भने हुन सकेको छैन । पछिल्लो समयमा दलित राज्यको हरेक तह सम्म पु¥याउन  आरणको व्यवस्था गरेको छ । त्यो प्रयाप्त छैन । त्यसले सम्पुर्ण दलित समुदायलाई माथी उठाउन भने सक्दैन । नेपालमा फेरी सविधान निर्माणको लागी जनप्रतिनी चुनिएका छन । दलित समुदाय हेरी रहेका छन । चुनिएका प्रतिनिधीहरुले दलितको सवाललाई चिन्ने छन । वुझ्ने छन । सविधानमा उल्लेख गर्ने छन । र कार्यन्वय पक्ष वलियो वनाउने छन । यसैमा दलितको हित छन । दलित स्वाभिमान नागरिक भएर यो देशमा वाच्न चाहान छन । अव दलितहरु वोली सँगै व्यवहार पनि परिवर्तन भएको चाहान्छन ।
भो अव उनीहरु छि –छि र दुर –दुरको व्यवहार देखी वाक्क छन । त्यसको लागी राज्य गम्वीर हुने पर्दछ ।  दलित समुदायको अधिकार विकासको लागी । दलीतहरुलाई अवसर प्रदान गर्ने पर्दछ ।  भएका निती नियममा  कार्यन्वयन गर्ने तत्परता राज्यले देखाउनै पर्दछ । हैन र कि कसो ? Email - prabir.rukum@gmail.com लेखक - नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष हुन ।


Thursday, July 24, 2014

मन्दिरको पुजारी दलित


प्रविर ददेल 

साउन ९, रुकुम ।
 देशको विभिन्न ठाउमा दलितलाई मन्दिर पस्न नदिएको समाचार वेला वेला सुन्न पाईन्छ । कति दलितले मन्दिर पसेको निहुँमा मर्नासन्न गरी कुटपिट भएका छन । भने कतिपय स्थानमा मन्दिरमा गएर भगवानको दर्शन  गर्न दलितलाई रोक लगाएको छ,। दलित मन्दिर गए भगवान रिसाउछन भन्ने पुरानो मान्यता अझै कायमै छ । 
 तर रुकुमको एक गाविसमा भने  मन्दिरको पुजारी दलित  भएका छन । रुकुम सदरमुकाम खंलगा देखी करिव ५ कोष पश्चिमको गाविस गरायला २ का लोक वहादुर कामीको  छोरा अम्मर कामी गाउकै शिवजी मन्दिरको पुजारी भएका हुन । 
उनीलाई गाँउमा भगवानको अवतारको रुपमा लिएका छन । यो मन्दिरमा कसैलाई पनि रोक लगाएको छैन । उनीलार्इृ शिवजीले मानव विचको विभेद हटाउन कसैलाई पनि मन्दिर पस्न रोक नलगाउनु भनी सपनीमा भनेपछि सवैको लागी सधैको लागी यो मन्दिर खुल्ला राखीएको पुजारी अम्मरले वताए ।    
गाँउलेको २ लाख रुपया जनश्रमदानमा निमार्ण गरीएको सो मन्दिरमा वाहुन जाती मात्र मन्दिरको पुजारी हुने प्रचलनलाई तोड्दै  दलित पुजारी वनाएको स्थानिय वासी नरवहादुर क्षेत्रीले वताए ।  उनले भने,  गाँउमा दलित पुजारी राखेपछि वषौ देखी कुसस्कारको रुपमा रहेको जातिय छुवाछुत यो गाँउमा अन्त्य भएको छ ।
 यो मन्दिरमा शिवरात्रीको दिन ठुलो मेला लाग्ने गर्दछ । पुजारी अम्मरका अनुसार त्यो वेला गाँउका तथा जिल्लाका एक हजार भन्दा वढी  भक्तजनहरु प्ुाजा गर्न आउने गरेको पुजारी कामीले भने । 

Wednesday, July 23, 2014

नेपाल दलित पत्रकार मञ्च रुकुमको सुचना


नेपाल दलित पत्रकार मञ्च रुकुमले दलित सम्वन्धी लेख रचना र सामाचारको लागी www.abhiaynkhabar.blogspot.com सञ्चालन गरेको हुदा तपाईका लेख रचना र समाचार nepal.dalitjournalist@gmail.comपठाउनहुन अनुरोध छ

सुचना ......


दलित जनअधिकार फोरम नामक संस्थाको  मिती २० ७१ असार २८ र २९ गते भएको प्रथम जिल्ला सम्मेलन द्धारा सम्पुर्ण काम कर्तव्य र अधिकार दलित अधिकार मञ्च नामक सञ्चालन गर्ने भएको हुदा सम्पुर्ण राजनैतिक दल , सरकारी तथा गैर सरकारी संघ सस्था, पत्रकारलगायतलाई यो सुचना मार्फत जानकारी गराउन चाहान्छौ
अध्यक्ष
पुर्णवहादुर कसेरा
दलित अधिकार मञ्च रुकुम

Sunday, July 20, 2014

शिक्षाको गुनस्तर सुर्धान विद्यालय बन्द विरुद्ध साझा प्रतिबद्धता



 विभिन्न राजनीतिक दलका नेता तथा सरोकारवालहरुले रुकुम जिल्लाका कुनै पनि विद्यालयमा बन्द हड्ताल नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । बन्द र हडतालले विद्यार्थीको भविष्य अन्योलमा परेपछि यहाँका राजनीतिक दलहरु विद्यालयलाई बन्दको निसानामा नपार्न साझा सहमत भएका हुन ।
एक बर्षमा २ सय २० दिन कक्षा सञ्चालन गर्नुपर्ने भएपनि विभिन्न समुहले गर्ने बन्दले कोर्स पुरा गर्न कठिन भएपछि जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुले बन्दमुक्त जिल्ला बनाउन पहल सुरु गरेको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले बताए ।
 ‘दलहरु विद्यालय शान्ति क्षेत्र बनाउन सहमत भएका छन , खनालले भने बन्द अन्त्य भएपछि शैक्षिक गुणस्तरमा सुधार आउनेछ । जिल्ला भरी रहेका ४ सय सामुदायिक विद्यालयलाई शान्ति क्षेत्र घोषण कार्यन्वयनका लागि जिल्ला जिल्लास्थित राजनीतिक दलले सामुहिक प्रतिबद्धता गरेका छन् ।
राजनीतिक दलहरुबाटै विद्यालमा विभिन्नखाले राजनीति तथा अन्य गतिविधि हुने भएकाले अबदेखि त्यसो नगर्ने जनाए । राजनीतिक दल, सरकारी तथा गैरसकारी संस्था, नागरिक समाजका अगुवा, शिक्षकका पेशागत संघसंगठन लगायतले सामुहिक रुपमा विद्यालयलाई शान्ति क्षेत्र घोषण गर्न नीतिगत तथा शैक्षिक सुधार गर्न पहल गर्ने लिखित प्रतिबद्धता जनाएका हुन ।
प्रत्यक्ष रुपमा राजनीतिक दलबाट विद्यालय र विद्यालयको पठनपाठन कार्यक्रम विभिन्न माध्यम बाट अवरोध हुने गरेको देखिएपछि रुकुम जिल्लाका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शिक्षा क्षेत्रमा कुनै हस्तक्षेप नगर्ने । शान्ति क्षेत्रमा अपेक्षाकृत रुपमा उपलब्धि हासिल गर्ने र शिक्षा क्षेत्रलाई शान्तिपूर्ण र मर्यादित बनाउने उद्देश्यका साथ यो अभियान थालनी गर्न खोजिएको जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले बताए ।
 जिल्ला शिक्षा कार्यालय, बालसरोकार केन्द्रको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा आयोजित कार्यक्रममा विद्यालयमा राजनीतिक हस्तक्षेप नगर्ने, बन्द हड्ताल हुँदा पनि विद्यालयमा पठनपाठन निरन्तर सञ्चमलन गर्ने सहमति भएको छ । प्रतिबद्धता पत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राप्रपा नेपाल, राट्रिय जनमोर्चा, संघीय समाजवादी ,शिक्षक युनियन र शिक्षकका पेसागत संघसंगठन लगायतका पार्टीले हस्ताक्षर गरेका छन् । विद्यालयलाई राजनीतिक प्रभावबाट बाहिर ल्याई बालसुलभ ढंगबाट पढाइ गर्न, दण्डरहित र बालकेन्द्रित शिक्षण विधि अपनाउन शान्ति क्षेत्र कार्यान्वयन अभियानले सहयोग पुग्ने बताएको छ ।

दलित युवा युवतीलाई पत्रकारीता तालिम

रुकुममा पहिलो पटक दलित युवा युवतीको लागी पत्रकार तालिमको आयोजना गरीएको छ । नेपाल दलित पत्रकार मञ्च (एनडिजेफ) रुकुमले ५ दिन आधारभुक्त पत्रकारीता तालिमको आयोजना गरेको हो । जिल्ला विकास समिती रुकुम र नेपाल दलित पत्रकार मञ्च (एनडिजेएफ) रुकुमको सहकार्यमा ५ दिने आधारभुत पत्रकारीता तालिम आयोजना गरीएको छ । तालिम असार २१ गते देखी रुकुम सदरमुकाम खंलगामा सञ्चालन हुने दलित पत्रकार मञ्चले जनाएको छ । तालिममा दलित समुदायका २० जना युवा युवतीहरु सहभागी हुने नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेलले जनाए । उनले भने, दलित समुदायका समस्या वकाल गर्न पहिलो पटक दलित सञ्चारकर्मीहरुलाई पत्रकारीता तालिम आयोजना गरीएको हो । १९ गते सम्म दस्खास्त फारम भरेपछि २० गते अन्तिम छनौट गरीने छ । तालिममा छनौट भएका सहभागीहरुलाई ५ दिने निशुल्क आधारभुत तालिम दिईने छ । तालिम पश्चात सञ्चार क्षेत्रमा दलित सहभागीता वृद्धी हुने विश्वास आयोजकले गरीएको छ ।