१६ असोज, अछाम
। अछामको कालीकास्थान
गाविसका दलितहरुलाई मन्दिर प्रवेशमा
रोक लगाइएको छ
। वडा नम्बर
८ मा रहेको
स्थानीय कालीकादेवी मन्दिरमा पूजा
गर्न गएका उनीहरुलाई
मन्दिर प्रवेशमा रोक लगाइएको
पीडित दिनेश नेपालीले
बताए । ऋषिकुल
माविका शिक्षक नेत्र शाही,
अक्कल बहादुर शाही
र दीपक शाहीले
मन्दिर परिषरमा भेला भएका
दलितहरुलाई मन्दिर प्रवेशमा रोक
लगाएपछि उनीहरुले आपत्ति प्रकट
गरेका छन् ।बडा दसैंको सप्तमीमा फूलपातीको दिन मन्दिरमा बली दिन लगिएका राँगा, बोकासहित गएकाहरुलाई उनीहरुले फिर्ता गरेपछि दलित अगुवाहरु एकजुट भएर आफुहरुमाथी भएको अभद्र व्यवहार विरुद्ध कानुनी जाहेर गर्न वाध्य भएको महिला दलित अगुवा दुर्गा विकले बताइन् ।
पहिले देखिनै मन्दिर प्रवेशमा रोक लगाउने गरिएपनि आपसी सहमति पछि यसपालीदेखि दलितहरुलाई पनि मन्दिर प्रवेश गर्न दिइने भएको थियो ।
तर, अन्त्यमा आएर प्रवेशमा रोक लगाईएको कालीका स्थानका दलीत बासीले वताएका छन् । आज बिहानै गाविसमा बसेको दलित अगुवाहरुको एक छलफलले विज्ञप्ती निकालेर वडा दशै जस्तो महान पर्वमा आफुहरु प्रति जातीय भेदभाव तथ छुवाछुत कसुर ऐन २०६८ विरुद्ध विभेद गरेको औल्याएका छन् ।
कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा कुनै पनि सार्वजनीक स्थल, मठ मन्दीरमा दफा बमोजिमको कुनै काम गरे वा गराएमा ऐन वमोजीम कानुनी कारवाहीको व्यवास्था रहेको छ ।