Friday, March 21, 2014

विकासले रुकुमको मुहार फेरियो

होम|विकास| प्रविर ददेल July 25, 2013 Views: 171 आवश्यक पूर्वाधारको विकास हुन थालेपछि रुकुमको मुहार फेरिन थालेको छ । विकासको पहिलो खुड्किलो मानिने सडक दुर्गम गाविसहरूमा विस्तार हुने क्रम बढेको छ । सशस्त्र द्वन्द्वप्रभावित रुकुममा २०६२/६३ को जनआन्दोलनसँगै शान्ति स्थापनापछि आर्थिक विकास पनि हुन थालेको छ । विकासको पहिलो आधार भन्दै गाउँगाउँमा सडक विस्तारको लहर चलेको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर पहल पुन बताउँछन् । अहिले जिल्लाका ४३ गाविसमध्ये ३८ गाविसमा सडक सञ्जाल पुगिसकेको छ । पछिल्लो समयमा व्यापार–व्यवसाय र उद्योगहरूमा पनि लगानी बढ्न थालेको छ । जिल्लामा सञ्चालित साना उद्योग विकासका लागि ४ करोड रुपैयाँ लगानी भएको छ । राजधानीसँगै पूर्वपश्चिम जोड्ने नेपालको एक मात्र फाष्टट्र्याक मध्यपहाडी लोकमार्गले जिल्लामा विकासको ढोका खोलेको छ । मध्यपहाडी लोकमार्गको करीब १ सय ४३ किलोमिटर सडक रुकुममा पर्ने पुनले जानकारी दिए । शहरी विकास कार्यक्रमले योजना बनाएको नेपालका उत्कृष्ट १० शहरमध्येको अग्रसूचीमा रुकुमको प्रमुख व्यापारिक केन्द्र चौवरजहारी परेको छ । यसलाई रुकुम विकासको गतिलो आधारका रूपमा रुकुमवासीले लिएका छन् । रुकुममा बढेको आर्थिक विकाससँग सदरमुकाम र व्यापारिक केन्द्रहरूमा जग्गाको मूल्य पनि बढ्न थालेको छ । अहिले सदरमुकामवरपर प्रतिमिटर २ लाख रुपैयाँसम्ममा जग्गा विक्री भइरहेको स्थानीयवासीहरू बताउँछन् । जिल्लामा सञ्चालित बैङ्कहरूमा दैनिक ५ करोड रुपैयाँसम्मको कारोबार हुने नेपाल बैङ्क लिमिटेडका प्रबन्धक ठाकुरसिंह डाँगीले बताए । त्यस्तै रुकुममा ढोरपाटन शिकार आरक्षण हुँदै खलङ्गा आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएकोे जिल्ला पर्यटन विकास समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिए । रुकुमका ६५ सानाठूला खोलामा सर्वेक्षण गरी विद्युत् सेवा विस्तार कार्यक्रम सञ्चालन हुँदै आएको रुकुम उज्यालो कार्यक्रमका प्रमुख गोविन्दराज पोखरेलले जानकारी दिएका छन् । त्यस्तै, नेपाल टेलिकम, एनसेल र हेल्लो नेपाल कम्पनीले सञ्चारक्षेत्रमा लगानी विस्तार गरेका छन् । टेलिकम रुकुमका अनुसार जिल्लामा ३५ हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता रहेका छन् । विगतका वर्षमा उच्चशिक्षाका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका रुकुमवासीले अहिले घरआँगनमै उच्चशिक्षा पाउने गरेका छन्, जसले गर्दा सारक्षरता दरमा पनि वृद्धि भएको छ । जिल्लामा ३ सय ९८ ओटा प्रावि, १ सय ३१ ओटा निमावि, ७० ओटा मावि, २१ ओटा उच्चमावि र चारओटा क्याम्पस रहेको जिल्ला शिक्षा कार्यालय रुकुमले जानकारी दिएको छ । २ लाख ९३ हजार १ सय ८२ हेक्टर क्षेत्रफलमा फैलिएको रुकुमको जनसङ्ख्या २ लाख ८ हजार ५ सय ६७ रहेको २०६८ सालको जनगणनाले देखाएको छ । तीमध्ये ४५ प्रतिशत जनसङ्ख्या मात्र साक्षर रहेको तथ्याङ्कमा उल्लेख छ ।

वरामद समान नष्ट

गणेश वि.क. रुकुम, चैत्र, ०७ दुई महिना अघि वरामत गरेका खुद्रा सामानहरु आज जिल्ला प्रशासन कार्यालय रुकुमले नष्ट गरेको छ । माघमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा खलंगा वजारका विभिन्न पसलहरुमा अनुगमन गरि ठूलो परिणाममा समानहरु वरामद गरेको थियो । आज सहायक प्रमुख जिल्ला अधिकारी भुपेन्द्र पाण्डे, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार र सर्वसाधारणहरुको उपस्थितिमा समान नष्ट गरिएको हो । वजारका एक दर्जन भन्दा बढी पसलहरुवाट चिल्ली सस, फ्रुटी, लोकल रक्सी, सेम्पु, जुस, टेष्टी विस्कुट लगाएतका समानहरु वरामद गरिएको थियो । म्याद नाघिसकेका र गैरकानुनी रुपमा सञ्चालन गरेका सामानहरु मात्र आफुहरुले वरामद गरेको जिल्ला प्रशासन कार्यालय रुकुमले जानकारी दिएको छ ।

Thursday, March 13, 2014

विदेशको पिडा, निल्नु न ओकेल्नु


प्रवीर ददेल
फागुन ३०, रुकुम
 रुकुम –रोजगारको लागी विदेशमा काम गर्न जाने नेपालीहरु यहावाट वाहीर गएर प्रसस्तै पैसा कमाएर घरको गरिवी अवस्था सुधारर्ने र त्यहावाट नेपाल फर्के पछी नेपालमा ठुलै व्यवसाय संचालन गर्ने सपना वोकेर  विदेश पलाएन भएको देखीन्छ ।
 जति सुन्दर सपना वोकेर काठमान्डौँ को त्रिभुवन विमान स्थलवाट जुरुक्क उढदा हून्छ , त्यो सपना सात समुद्र पारी को मरुभुमीको देशमा पुग्दा विस्तारै आईलाउने गर्दछन । त्यहा पुग्दा न्युन तलव स्केल भएकै कारण यसो हुने गरेको वैदेशिक रोजगारवाट फर्केका नेपालीहरु वताउछन ।
विदेशमा नेपालीहरुलाई अत्यन्तै श्रम शोषन गर्ने ,दुरव्यवहार गर्ने र स्थानीय कामदारको तुलनामा नेपालीहरुको तलव स्केल अत्यन्तै न्युन हुने गरेका मलेसीया काम गरी फर्केका दलवहादुर खड्काले जनाए । उनका अनुसार – मासीक ८ सय रियल पाउने गरेको  र त्यसमा १ सय ५० रियल रोयल्टी काट्ने गरेको वताउछन ।
विदेशका अधिकांस कम्पनिले नेपालमा भनेजती तलव नदिने र ओभरटाईमको पैसा पनि न्युन हुनेगरेको छ । जसले गर्दा  विदेशमा प्रसस्तै पैसा कमाउने सपना अधुरो हुने गरेको छ ।  मलेसियावाट भर्खरै मात्र फर्केका छिवाङ्ग २ का कविराम सेर्पाली पनि विदेशमा सोचेजस्तो कमाई नहुने वताउछ । सामान्यतया खाना, वस्न, औषधी मै कमाई सिधिन्छ ।
अझै पनि  कतीपय नेपालीहरुले सामान्य खालका औषधी नेपालवाटै चिठ्ठी मार्फत मगाउने गरेको पाइन्छ आफन्तजनले वताउछन । घरको दु;ख सम्झर मुस्कील्ले  कमाएको पैसा पनि मौका परे त्यहाको स्थानीयवासीले लुट्ने गरेको घटना वेला वेला सार्वजनिक हुने गर्दछ । तर पनि नेपालीहरु कहिलै सुरक्षित नहुने  मलेसीयामा काम गरि फर्केका गोविन्द रोकायले जनाए । उनले भने, मलेसियामा नेपाली मजदुरको लागी वोली दिने र न्याय दिने  कोही नभएको कारण अधिकांस नेपाली लुटीने ठगिने गरेका हुन । त्यहाका स्थानी वासीन्दा ,इन्डियन मुलुका तमिलहरु र इन्डोनेसीयाहरुले कुनै नेपाली सग पैसा छ र नेपाली हो  भन्ने सुईको पाउने वितीकै नेपालीहरुको पछी लाग्ने र छुरा प्रहार गरी लुट्ने गरेको वताउ छन । नेपालीहरु विदेशमा वाटो, घाटो ,कोठा ,क्यान्टीन वैंक र वजारमा समेत लुटीने गरेका छन ।    वैदेशिक रोजगारमा गएका कतिपय नेपाली राती सुतेको विहान मृतक अवस्थामा हुनेगरेको रोकायले जनाए । यसको प्रमुख कारण अत्याधी रक्तचाप मानसिक तनाव  रक्सीका कारण भएको मृतकको रिर्पोटमा देखाएको पाईन्छ ।
  नेपालवाट तिन वर्षको लागी काम गर्न जादा लिएको रिन तिर्न मुस्कीलले डेढ देखी २ वर्ष लाग्दछ भन्छन रोकाय ।
अझ कतिपय वैदेशिक कम्पनी गएको  २–३ महीना मै वन्द हुने हुदा रिन वारीको वोकेर  विदेशीएका नेपाली घर न द्याटका अवस्था  हुने गरेको पाईन्छ ।
 नेपालवाट प्रसस्तै पैसा कमाउने सुन्दर सपना वोकेर विदेशीएका युवाहरु पैसा कमै हुने हुर्दा मानसिक चिन्तामा हुने ,मध्यपान ,धुम्रपान गर्ने , वस्यालयमा धाउने र घर फकर्दा पैसाको भारीको साटो एच.आई.भि. एडस जस्तो महामारी रोग उपहार स्वरुप ल्याउने गरेको वताछन ।
 कतिपय विदेश पठाउने एजेन्टले विदेशमा राम्रो पैसाको प्रलोभ देखाई मोटो पैसा असुल्ने र विदेशको एरर्पोटमा विच्ली पारेको गोपाल ओलीले जनाए । उनी थप्छन –मेरो ४लाख खाईदिए अहिले घर न द्याटको भएको छु , विदेश जान्छु भनेर घर जग्गा वेचीयो त्यसमा पनी रिन कारियो सवै पैसा च्वाम पारी दिएपछी घर पनि छैन कहाँ वस्ने होला । उनी मात्रै होईना अधिकास नेपालीको हालत यस्तै रहेको छ ।
यसरी नेपाली युवाहरुलाई विदेसीको दास वनाई धन ,जनको क्षती वनाउनुको साटो नेपालमै उद्योग धन्दा खोली स्वदेशमा रोजगारीमा सृजना गर्न सके  नेपालीहरु स्वावलम्वी वन्थेकी ।

अभियान खवरमा तपाईलाई स्वागत छ