Sunday, July 20, 2014

दलित युवा युवतीलाई पत्रकारीता तालिम

रुकुममा पहिलो पटक दलित युवा युवतीको लागी पत्रकार तालिमको आयोजना गरीएको छ । नेपाल दलित पत्रकार मञ्च (एनडिजेफ) रुकुमले ५ दिन आधारभुक्त पत्रकारीता तालिमको आयोजना गरेको हो । जिल्ला विकास समिती रुकुम र नेपाल दलित पत्रकार मञ्च (एनडिजेएफ) रुकुमको सहकार्यमा ५ दिने आधारभुत पत्रकारीता तालिम आयोजना गरीएको छ । तालिम असार २१ गते देखी रुकुम सदरमुकाम खंलगामा सञ्चालन हुने दलित पत्रकार मञ्चले जनाएको छ । तालिममा दलित समुदायका २० जना युवा युवतीहरु सहभागी हुने नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेलले जनाए । उनले भने, दलित समुदायका समस्या वकाल गर्न पहिलो पटक दलित सञ्चारकर्मीहरुलाई पत्रकारीता तालिम आयोजना गरीएको हो । १९ गते सम्म दस्खास्त फारम भरेपछि २० गते अन्तिम छनौट गरीने छ । तालिममा छनौट भएका सहभागीहरुलाई ५ दिने निशुल्क आधारभुत तालिम दिईने छ । तालिम पश्चात सञ्चार क्षेत्रमा दलित सहभागीता वृद्धी हुने विश्वास आयोजकले गरीएको छ ।

No comments:

Post a Comment