Sunday, July 27, 2014

ताजा तरकारी खेतीमा दलित महिला


मेनका परियार
साउन १२, रुकुम ।  “गरेपछि आगनकै डिलमा बाह्रै महिना ताजा तरकारी खान पाइदो रहेछ, ताजा तरकारीको लागि करेसाबारीको महत्व बुझेपछि अन्त कतै किन्नको लागि धाउनु पनि परेन, तरकारी खोजीको दिनहुँको झनझट त हट्छ नै उता समयको बचत पनि उतिकै हुदो रहेछ ।” यस्तै अनुभव बताईन् गरायला गा.वि.स.वडा नं. ३ मसारी टोल निबासी २९ बर्षिय मनकली परियार । उनी मात्रै होईन त्यहाँका उनीजस्तै गृहणीहरु साँझ बिहान तरकारीको छाक टार्न तरकारी खोज्दै भौतारीदै हिड्नु पथ्र्यो । तरकारी किन्न कहिले पासमा पैसा हुन्थ्यो त कहिले हुर्दैनथ्र्यो फेरी उता अरु कामकाजलाई पन्छ्याउँर्दै तरकारीको छाक टार्न प नि हिड्नै पेर्ने । उनीले “थपिन् आफनै बारीमा तरकारी उत्पादन गरी ताजा तरकारी खान त मन लाग्थ्र्यो तर पानीको अभावले त्यो सपना सपना मै रहेको थियो । हरियो सागसब्जी खानालाई बर्षायाम नै कुर्नुपथ्र्यो” यस्तै समस्यामा थिए भौगलिक रुपले बिकत मानिने रुकुम गरयला गा.वि.स.मसारी टोलका कृषकहरु ।
 उनीहरु कृषी पेशाा त गथ्र्ये नै कृषी गरेपनि धित मरुन्जेल हरियो तरकारी खानबाट भने बञ्चित थिए । आकाशे पानीको भरमा गरिने कृषीमा बर्षायाम बाहेक अरु समयमा हरियो देख्न सकिर्दैनथ्र्यो । तर केही समय यता भने त्यो यर्थातता अलि फरक भएको छ । मनकली र उनीजस्तै अरु दिदीबहिनीहरुले करेसाबारी तालिम प्राप्त गर्ने अवसर पाए । तालिम संगसंगै तरकारी बिउ सहयोग पनि प्राप्त भयो त्यसपछि उनीहरुले अफुसँग भएजतिको करेसाबारीमा तरकारी लगाउन थाले तरकारी उत्पादन गर्न पानीको समस्या त थियो नै तर त्यो समस्या पनि खासै समस्याको रुपमा अब रहेन किनभने तालिममा सिके अनुसार उनीहरुले भान्सा र घरबाट निस्केको रछ्याने पानीलाई संकलन गरी करेसा बारीमा सिचाई गर्ने गरे । त्यसपछि त मनकली मात्रै होईन गरायला गा.वि.स.वडा नं. २ र ३ का स्थानियहरुले त्यसै गर्न थाले । करेसाबरी तरकारी खेती गर्न मात्रै होईन फोर पानी संकलन गर्न पनि भाँडाको सहयोग ग¥यो दलित सेवा संघ रुकुमले । आजभोली स्थानियहरु आफ्नै बारीमा मौषमी मात्रै होईन बेमौषमी तरकारीहरु पनि उत्पादन गरेर बर्षैभरी हरियो तरकारी खाने गर्दछन् । किनेर हरियो तरकारी खान नसक्ने सर्बसाधरणहरु आफ्नै बारीमा फलाएर खान सक्ने भएका छन् । धेरैजसो हरियो सागसब्जी तरकारीहरु खानासँग मिलाएर खाँदा बालबालिका, बृद्धबृद्धा लगाएत सबैको स्वाथ्य राम्रो हुने स्वाथ्यकर्मीहरु बताउँछन् । रछ्याने पानी संकलन गरी बारीमा स्थानियहरुले भाजी, गोबी, केराउ, बन्दा, सिमी, आलु, प्याज लगाएतका तरकारीहरु लगाएका छन् । दलित सेवा संघ रुकुम र यु.एम.एन रुकुम कलष्टरको साझेदारीमा गरायला गा.वि.स.को वडा नं. २ र ३ मा संचालित “सिमान्तकृत समुदायको खाद्य सुरक्षामा सुधार कार्यक्रम” अन्तरगत करेसाबारी तालिम तथा सहयोग कार्यक्रम लागु भएपछि किसानहरुमा यो परिवर्तन आएको हो । यो भन्दा अगाडी कहिले मनकली, कहिले उनका श्रीमान त कहिले छोराछोरी पालैपालो गरी तरकारीकोे लागि दिनैपिछ्छे छिवाङको चौतारा भन्ने ठाउँमा आउनुु पथ्र्यो । उनी जस्तै उनका छरछिमेक पनि यसै गर्थे । आजभोली आफ्नै करेसाकाबारीमा तरकारी फलेपछि मनकलीको परिवार मात्र होईन गाउँका दिदीबहिनीहरु बिहान बेलुका आफ्नै बारीमा पुग्छन् । फेरी मनकलीले थपिन् ः पहिले साँझ विहान के तरकारी खाने भन्ने समस्याले अति नै सताउथ्यो तर अब त्यसो छैन ।

No comments:

Post a Comment