Tuesday, September 30, 2014

बाहुन र दलितको जमरा एकै ठाउँमा



१५ असोज, नुवाकोट । यस वर्षको बडादसैँको जमरा बेलकोट गाविसको वडा नं ३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राहृमण, क्षेत्री, मिजार, विश्वकर्माले संयुक्त रूपमा जमरा राखेर उमारिरहेका छन् ।
यस वर्ष मन्दिरमा एक सय ६० परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढीमा रहेको मन्दिरमा बाहुनदेखि दलितसम्मको जमरा राखिएको पूजा सञ्चालन समितिका अध्यक्ष कालीबहादुर तिवारीले जानकारी दिए । ‘पुस्तौंदेेखिको चलनअनुसार गाउँलेले सामूहिक जमरा राखेका हुन्’ तिवारीले भने-‘जमरा राख्दा यो जात ऊ जात भन्ने चलन छैन ।’
सामूहिक जमरा राख्ने परम्पराले गाउँमा जातीय विभेद कम गराउन भूमिका खेलेको दलित अधिकारकर्मी बद्री मिजारले बताए ।
मन्दिरमा सामूहिक जमरा राख्ने परम्परा पृथ्वीनारायण शाहको पालादेखि रहँदै आएको बुढापाकाहरुले बताउने गरेका छन् । शाहकै पालादेखि मन्दिरमा बडादसैँ र अन्य पर्व पूजा सञ्चालनका लागि गुठीको व्यवस्था गरिएको छ ।
तर आजभोलि गुठी जग्गाबाट कुतबाली उठ्न छाडेपछि पूजा सञ्चालनमा निकै कठिनाई पर्दैआएको गाविसका निवर्तमान गाविस अध्यक्ष वासुदेव कडुवालले बताए

Sunday, September 28, 2014

वन्दीहरुलाई फलफुल


असोज १३, रुकुम । 
अभियान खवर 
रुकुम जिल्ला कारगारमा रहेका वन्दीहरुलाई सयुक्त दलित अधिकार मञ्च रुकुमले फलफुल वितरण गरेको ।  विजया दशमी तथा शुभदिपावली २०७१ सालको पावन  अवसरमा जिल्ला कारगारमा रहेका वन्दीहरुलाई फलफुल वितरण गरीएको हो । 
कार्यक्रम सयुक्त दलित अधिकार मञ्चका अध्यक्ष पुर्णवहादुर कसेराको अध्यक्षता र मञ्चका कोषाध्यक्ष गंगाराम चनाराको सचलनमा भएको थियो । कार्यक्रममा  राष्टिय दलित आयोगका अध्यक्ष मानवहादुर नेपालीको प्रमख अतिथ्यमा भएको थियो । कार्यक्रममा नेपाली कांग्रैेसका सचिव भिमवहादुर खड्का, नेपाल राष्टिय दलित मक्त मोर्चाका केन्द्रय सदस्य उपेन्द्रलाल कामी,  नेपाल पत्रकार मञ्चका अध्यक्ष गणेश चिन्तन, दलित अधिकार कर्मी खड्क वस्त्राकार,नेपाल दलित पत्रकार मञ्चका अध्यक्ष प्रविर ददेल, प्रेस युनीयन रुकुमका उपाध्यक्ष आर्दश केसी, प्रेस चौतारी रुकुमका अध्यक्ष सुरेन्द्र खत्री कान्तिकारी पत्रकार संघका सचिव मेगराज खड्का, कान्तिकारी पत्रकार महासंघका अध्यक्ष शेरवहादुर केसी लगायत रुकुम जिल्लामा क्रियाशिल पत्रकारहको उपस्थिती रहेको थियो ।  

Thursday, September 4, 2014

चौधरी ग्रुपले रुकुमका पहिरो पिडीतलाई राहत


प्रवीर ददेल 
साउन १९, रुकुम । सिजी फुड नेपाल प्रा.लि. (चौधरी ग्रुप)ले रुकुमका पहिरो पिडीतलाई राहत स्वरुप वाई वाई चाउचाउ प्रदान गरेको छ । चौधरी ग्रुपका राप्ती अञ्चल प्रतिनीधी उदय खड्का र वाई वाई चाउचाउ रुकुमका आधिकारी विक्रेता मोहवीर खड्काले सामुहिक रुपमा रुकुम उद्योग वानिज्य संघलाई पहिरो पिडीतको नाममा वाई वाई चाउचाउ  हस्तारण गरेका छन । रुकुम उद्योग वानिज्य संघ कार्यालयमा क
म्पनी र विक्रेताले २० पेटी चाउचाउ  हस्तारण गरेका छन ।
कम्पनीवाट प्राप्त चाउचाउ जिल्ला दैवीक प्रकोप उद्धार समिती सँग  समन्वय गरी जिल्लाका पहिरो पिडीत परिवारलाई चाउचाउ वितरण गर्ने रुकुम उद्योग वानिज्य संघका अध्यक्ष  वसन्त पुनले जानकारी दिए । 
उनले भने, विशेष गरी रुकुम जिल्लाका स्यालापाखा, चुनवाङ र चौखावाङ गाविसका पहिरो पिडीतलाई चाउचाउ वितरण गरीने छ । 
साउन अन्तीम साता परेको  अवीरल वर्षतका कारण रकुम जिल्लामा २ जनाको मृत्यु, ४ जना घाईते र करीव १ सय २० घरपरिवार पहिरोवाट विस्थापित भएका थिए । कम्पनीले पहिरो पिडीतको लागी  रु ८ हजार रुपैया वरावरको  वितरण गरेको जनाएको छ । रुकुमका पहिरोपिडीतलाई राहत स्वरुप चाउचाउ हस्ताणतरण गरेपछि रुकुमउद्योग वानिज्य संघले चौधरी ग्रुपलाई धन्यवाद पत्र दिएको छ । कार्यक्रमममा रुकुम उद्योग वानिज्य संघका पदाधिकारी, व्यापारी, पत्रकारहरको उपस्थिती रहेको थियो ।  


Wednesday, September 3, 2014

मनोनित सभासदमा खै त दलित ?


महावीर विश्वकर्मा
भाद्र १८, काठमाण्डौं । 
संविधान सभाको मनोनित सभासदहरुमा दलित समुदायबाट १ जना पनि नपारिएको भन्दै दलित नागरिक समाजले विरोध गरेको छ । आज संविधान सभाको पश्चिमी गेट नेर दलित नागरिक समाजले दिउँसो १ बजेबाट एक घण्टा विरोध कार्यक्रम
मनोनित सभासदमा खै त दलित ?
को आयोजना गरेको हो । उनीहरुले टाउकामा कालो रिबन बानेर विरोध प्रर्दशन गरेका थिए ।

सरकारले केही दिन अघि २६ जनामध्ये १७ जना सभासद मनोनयन गरेको छ । मन्त्री परिषदको वैठकले नेपाली काँग्रेसको तर्फबाट ८ जना, नेकपा एमालेको तर्फबाट ८ जना र राप्रपा नेपालको तर्फबाट १ जना सभासद मनोनयन गरेको हो । नेपाली काँग्रेसको तर्फबाट ९ जनाको नाम पठाएपनि रुक्मिणी कोइरालाको नाम समानुपातिक सूचीमा रहेको कारण हटाउनुपरेको थियो । मनोनित हुने सभासदहरुको संख्या बाँडफाँड वैज्ञानिक नभएको भन्दै प्रमुख प्रतिपक्षी एकीकृत माओवादी र तराई केन्द्रित दलहरुले भने आफ्नो तर्फबाट नाम नपठाएको बताएका छन् ।
मनोनित हुने २६ सभासदमा दलित समुदायबाट पनि समावेश गराइनुपर्ने माग सहित यसअघि दलित नागरिक समाज, राजनीतिक दलका दलित भातृ संगठन लगायतले प्रमुख दललाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

Monday, September 1, 2014

माफीमा मिल्यो जातीय छुवाछूतको विवाद


पाल्पा, भदौ १६ – जातीय छुवाछूतको विवादमा विद्युत् प्राधिकरण पाल्पाका प्रमुख र सुपरभाइजरले सार्वजनिक रुपमा माफी मागेपछि घटना मिलापत्रमा टुङ्गिएको छ ।
विद्युत् प्राधिकरण पाल्पा शाखाका प्रमुख नवलकिशोर गोहित र सुपरभाइजर कृष्ण रायमाझीले सोमबार बिहान ८ बजे माफी मागेपछि विद्युत् कार्यालयको विवाद हल भएको हो ।
दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष तीर्थप्रसाद गौतमले आरोपितले गल्ती स्वीकार गरी माफी माग्ने विषयमा पीडित देवी नेपाली सहमत भएपछिमिलापत्र भएको हो ।
विद्युत् कार्यालयमा जिल्लाका गोहित र रायमाझीले माफी मागेपछि पीडितले जिल्ला प्रहरी कार्यालय पाल्पामा दिएको उजुरी फिर्ता लिएका छन् ।
प्राधिकरणमा भदौ ११ गते पाल्पा जिल्ला रुक्से गाविस–५ की देवी नेपाली र तानसेनकी राजकुमारी दमनीले आफूहरुलाई कोठाबाट बाहिर पठाएर दर खुवाएको भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी गरेका थिए ।
विद्युत् कार्यालयमा सर्वपक्षीय बैठकले दोषीले सार्वजनिक माफी माग्ने, पाल्पा जिल्लामा जातीय छुवाछूत अन्त्य गर्ने, पीडितलाई कुनै पनि किसिमका मानसिक दबाब नदिने गरी सहमति भएको अधिकारकर्मीको भनाइ छ ।
प्रमुख गोहित र सुपरभाइजर रायमाझीलाई छुवाछूतको घटनामा दोषी देखाएर उजुरी परेपछि जिल्लाका राजनीतिक दलसँग प्रमुख गोहितले घटना मिलाइदिन गुहार्दै आएका थिए ।