Monday, August 11, 2014

सामूहिक बलात्कारका आरोपीलाई कारबाहीको माग गर्दै महिला आन्दोलित



रुकुम, श्रावण २६ । नेपालगञ्जस्थित बसपार्कमा एक किशोरीमाथि भएको सामूहिक बलात्कारका आरोपीहरुलाई कारबाहीको माग गर्दै रुकुमका महिलाहरु आन्दोलित भएका छन् । अन्तरपार्टी महिला सञ्जालले गत श्रावण २१ गते नेपालगञ्जस्थित बसपार्कमा रोकिराखेको बसमा किशोरीलाई बलात्कार गरिएको घटनाका दोषीहरुलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

घटना भएको लामो समय बितिसक्दा पनि घटनाका संलग्न केही अभियुक्तहरुलाई मात्रै पक्राउ गरेको र बाँकीलाई पक्रन ढिलाइ गरेको भन्दै महिलाहरुले आज जिल्ला प्रशासन कार्यालय रुकुम र यातायात व्यवसायीको कार्यालमा धर्ना दिएका हुन् ।


No comments:

Post a Comment