Monday, September 1, 2014

माफीमा मिल्यो जातीय छुवाछूतको विवाद


पाल्पा, भदौ १६ – जातीय छुवाछूतको विवादमा विद्युत् प्राधिकरण पाल्पाका प्रमुख र सुपरभाइजरले सार्वजनिक रुपमा माफी मागेपछि घटना मिलापत्रमा टुङ्गिएको छ ।
विद्युत् प्राधिकरण पाल्पा शाखाका प्रमुख नवलकिशोर गोहित र सुपरभाइजर कृष्ण रायमाझीले सोमबार बिहान ८ बजे माफी मागेपछि विद्युत् कार्यालयको विवाद हल भएको हो ।
दलित अधिकारका लागि साझा अभियान पाल्पाका अध्यक्ष तीर्थप्रसाद गौतमले आरोपितले गल्ती स्वीकार गरी माफी माग्ने विषयमा पीडित देवी नेपाली सहमत भएपछिमिलापत्र भएको हो ।
विद्युत् कार्यालयमा जिल्लाका गोहित र रायमाझीले माफी मागेपछि पीडितले जिल्ला प्रहरी कार्यालय पाल्पामा दिएको उजुरी फिर्ता लिएका छन् ।
प्राधिकरणमा भदौ ११ गते पाल्पा जिल्ला रुक्से गाविस–५ की देवी नेपाली र तानसेनकी राजकुमारी दमनीले आफूहरुलाई कोठाबाट बाहिर पठाएर दर खुवाएको भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी गरेका थिए ।
विद्युत् कार्यालयमा सर्वपक्षीय बैठकले दोषीले सार्वजनिक माफी माग्ने, पाल्पा जिल्लामा जातीय छुवाछूत अन्त्य गर्ने, पीडितलाई कुनै पनि किसिमका मानसिक दबाब नदिने गरी सहमति भएको अधिकारकर्मीको भनाइ छ ।
प्रमुख गोहित र सुपरभाइजर रायमाझीलाई छुवाछूतको घटनामा दोषी देखाएर उजुरी परेपछि जिल्लाका राजनीतिक दलसँग प्रमुख गोहितले घटना मिलाइदिन गुहार्दै आएका थिए ।

No comments:

Post a Comment