Wednesday, September 3, 2014

मनोनित सभासदमा खै त दलित ?


महावीर विश्वकर्मा
भाद्र १८, काठमाण्डौं । 
संविधान सभाको मनोनित सभासदहरुमा दलित समुदायबाट १ जना पनि नपारिएको भन्दै दलित नागरिक समाजले विरोध गरेको छ । आज संविधान सभाको पश्चिमी गेट नेर दलित नागरिक समाजले दिउँसो १ बजेबाट एक घण्टा विरोध कार्यक्रम
मनोनित सभासदमा खै त दलित ?
को आयोजना गरेको हो । उनीहरुले टाउकामा कालो रिबन बानेर विरोध प्रर्दशन गरेका थिए ।

सरकारले केही दिन अघि २६ जनामध्ये १७ जना सभासद मनोनयन गरेको छ । मन्त्री परिषदको वैठकले नेपाली काँग्रेसको तर्फबाट ८ जना, नेकपा एमालेको तर्फबाट ८ जना र राप्रपा नेपालको तर्फबाट १ जना सभासद मनोनयन गरेको हो । नेपाली काँग्रेसको तर्फबाट ९ जनाको नाम पठाएपनि रुक्मिणी कोइरालाको नाम समानुपातिक सूचीमा रहेको कारण हटाउनुपरेको थियो । मनोनित हुने सभासदहरुको संख्या बाँडफाँड वैज्ञानिक नभएको भन्दै प्रमुख प्रतिपक्षी एकीकृत माओवादी र तराई केन्द्रित दलहरुले भने आफ्नो तर्फबाट नाम नपठाएको बताएका छन् ।
मनोनित हुने २६ सभासदमा दलित समुदायबाट पनि समावेश गराइनुपर्ने माग सहित यसअघि दलित नागरिक समाज, राजनीतिक दलका दलित भातृ संगठन लगायतले प्रमुख दललाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

No comments:

Post a Comment