Friday, November 7, 2014

रुकुममा जातीय छुवाछूत नमुना जिल्ला निर्माणको लागि कार्यदल गठन


प्रवीर ददेल
कात्तिक २१, रुकुम ।
रुकुममा जातीय छुवाछुत नमुना जिल्ला निर्माणको लागि कार्यदल गठन  गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरण  सम्वन्धी जिल्ला प्रशासन कार्यालय रुकुममा वसेको वैठकले सो निर्णय गरेको हो । वैठकमा रुकुम  जिल्लालाई जातीय छुवाछूत नमूना जिल्ला निर्माणको लागि नयाँ कार्य योजना निर्माण समिति गठन गरिएको छ । समितिमा चिन्ताामणि दाहालको संयोजकत्वमा ५ सदस्य कार्यदल गठन गरिएको हो । सदस्यहरुमा उपेन्द्रलाल कामी, गणेश विक चिन्तन, खड्क वस्त्राकार र यज्ञ परियार रहनु भएको छ । जसमा आमन्त्रित सदस्यहरु यामकुमारी परियार र चिना वि.क रहनुभएको छ । 
यसका साथै आठविसकोट गाविसमा वादीहरुको आवास व्यवस्थापनको लागि मनवहादुर वादीको संयोजकत्वमा ९ सदस्य समिति गठन गरिएको छ । सदस्यहरुमा चिन्तामणि दाहाल,   रातो कामी, कलसरा परियार, मनवहादुर परियार, पत्रकार मेनका परियार,  अमृता नेपाली वादी आठविसकोट गाविस सचिव र ईलाका प्रहरी कार्यालय आठविसकोट प्रमुख समितिमा रहेका छन ।
समितिले आठविसकोटका वादी परिवारको आवास व्यवस्थापनको लागि छिट्टै कार्ययोजना तयार गरि  जग्गा खरिद गर्न  समन्वय गर्ने जनाएको छ । वैठकमा स्थानीय विकास अधिकारी भरतकुमार शर्मा, जिल्ला शिक्षा कार्यालय रुकुमका विद्यालय निरक्षक लालवहादुर घर्तिमगर, जिल्ला स्वास्थ्य कार्यालय रुकुमका विष्णुवहादुर वुढाथोकी, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक चिन्तन,  महिला विकास कार्यालय प्रमुख सुनिता केसी, वालकल्यान अधिकृत मानवीर ओली,  संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष पुर्णवहादुर कसेरा, नेपाल दलित संघ केन्दीय सदस्य यज्ञवहादुर परियार,  ने.रा. द.मु. अध्यक्ष मनवहादुर वादी, ओसीडिसी रुुकमका अध्यक्ष, .खडकवहादुर वस्त्राकार ,  नेपाल दलित पत्रकार मञ्च रुकुमका अध्यक्ष तथा दलित मानव अधिकार रक्षक  प्रवीर ददेललगायतको उपस्थिती रहेको थियो । वैठकमा रुकुम जिल्लामा सञ्चालनमा रहेका  सञ्चार सस्थाहरुलाई दलितमैत्री वनाउन पहल गर्ने जनाएको छ ।

No comments:

Post a Comment