Thursday, March 13, 2014

अभियान खवरमा तपाईलाई स्वागत छ


1 comment:

  1. रुकुममा ३ सय ८० मुद्धा फछ्यौट
    प्रवीर ददेल
    असार ३०, रुकुम । जिल्ला अदालत रुकुमले आर्थिक वर्ष २०७०÷७१ मा ३ सय ८० मुद्धा फछ्यौट गरेको छ । चालु आर्थिक वर्षमा दर्ता भएका ५ सय ५ मुद्धाहरु मध्ये ३ सय ८० मुद्धा फछ्यौट भएको जिल्ला अदालत रुकुमले जनाएको छ । भने १ सय २५ मुद्धा फछ्यौट हुन वाँकी रहेका छन । सवै मुद्धाहरु एक ९ महिना भित्रका रहेका छन ।
    दर्ता भएका मुद्धा मध्ये अधिकासँ वैदेशिक रोजगारी सँग जोडेर सम्वन्ध विच्द्देदका मद्धा दर्ता भएका जिल्ला न्यायधिस हेमन्त रावलले जनाए । उनले भने, जिल्लामा दर्ता भएका ५ सय ५ मुद्धा मध्ये २ सय २ मुद्धाहरु सम्वन्ध विचछेदका रहेका छन ।
    भने वाँकी मुद्धाहरु वहुविवाह, चोरी, हत्या, लागु औषध ओसार–पसार, जवरजस्ती करणीलगायतका रहेको न्यायधिस रावलले जनाए । जिल्लामा गत वर्ष ४ सय ५६ मुद्धा दर्ता भएको मध्ये ३ सय १६ मुद्धा मात्र फछ्यौट भएका थिए । भने १सय ४० मुद्धा वाकी रहेका थिए । यस वर्ष अदालतले ठुलो उपलव्धी गरेको छ, जिल्लामा दर्ता गरेको ७५ प्रतिसत मुद्धा फछ्यौट भएको जिल्ला अदालत रुकुमले जनाएको छ ।
    रुकुममा पछिल्लो समयमा अपराधीक मुद्धा वढेका छ । जसमा माधक पर्दाथ सेवनको कारण वढीको जिल्ला अदालत रुकुमले जनाएको छ ।

    ReplyDelete