Tuesday, July 29, 2014

५ घण्टा पछि यातायात सुचारु


अभियान खवर
साउन १३, रुकुम । राप्ती राजमार्ग अन्र्तगत सिम्रतु वजार नजिक गएको पहिरोका कारण ५ घण्टा पछि यातायात सुचारु भएको छ । मंगलवार विहान करीव ६ वजे गएको पहिरोले सडक अवरुद्ध गरेपछि यातायात वन्द भएको थियो ।
 विहना ७ वज देखी डोज्जर लगाएर पहिरो पन्छाएपछि यातायात दिउसो १२ वजे दखी सुचारु भएको छ । सडक अवरुद्ध भई यात्रु अलपत्र परे प्रमुख जिल्ला अधिकारी हरीप्रसाद भण्डारी, स्थानिय विकास अधिकारी भरतकुमार शर्मा, प्रहरी नायव उपेरिवेक्ष गौतमराज कट्टेल, सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना, राष्ट्रिय अनुसन्धान अधिकृत नरेन्द्र कुमार भण्डारी , पत्रकार प्रविर ददेल सडक अवरुद्ध क्षेत्रमा पुगेर अनुगमण गर्नुभएको थियो । पहिरोलाइृ उचित रुपमा पन्छाउन प्रजिअ भण्डारीले रौताहा कम्पनीका दिनेश दाहाललाई  निर्देशन दिनुभएको थियो ।


No comments:

Post a Comment