Tuesday, July 29, 2014

राहदानीवाट ६ करोड रुपैया राजश्व संकलन


प्रवीर ददेल
साउन १२, रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुमले आर्थिक वर्ष २०७०÷७१ मा राहदानीवाट  झण्डै साढे ६ करोड रुपैया राजश्व संकलन गरेको जनाएको छ ।  जिल्ला प्रशासन कार्यालय रुकुमले सोमवार गरेको पत्रकार भेटद्याट  कार्यक्रममा  आर्थिक वर्ष २०७०÷७१ मा राहदानीवाट रु  ६ करोड ३८ लाख ५ हजार रुपैया राजश्व संकल गरेको हो ।
 जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार – दु्रतगतिको राहदानीवाट  ६ करोड १६ लाख ९० हजार रुपैया र जिल्लावाट राहदानी फारम सिफारिस मार्फत  २१ लाख १५ हजार रुपैया संकलन भएको प्रमुख जिल्ला अधिकारी हरीप्रसाद भण्डारीले वताए ।
 यस वर्ष जिल्लावाट राहदानी फारम ३ सय ५७ जनाले भरेका छन । भने, दु्रत गतिको राहदानी फारम ६ हजार १ सय ६९ जनाले फारम भरेको जनाएको छ । गत वर्ष राहदानी संकलनवाट जिल्लामा २५ लाख ८० हजार रुपैया संकलन भएको थियो ।  भने केन्द्रवाट ३ हजार ४ सय २२ जनाले दु्रतगतीको सेवा लिएका थिए । जसवाट ३ करोड ४२ लाख २० हजार रुपैया संकलन भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष जिल्लामा राहदानी संकलनवाट करीव ४ लाख ६५ लाख रुपैया  राजश्व  कम संकलन भएको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ । भने दु्रत गतिको राहदानी भन्दा भने करीव रु २  करोड ७४ लाख ७० हजार रुपैया वढेको जिल्ला प्रजिअ भण्डारीले भने ।
गत वर्ष जिल्लावाटै राहदानी फारम भर्ने सेवाग्राही वढी भएपनि राहदानी प्राप्त गर्न  ढिला सुस्तीका कारण यस वर्ष दु्रत गतिको सिफारिस लिने सेवाग्राही वढेको जिल्ला प्रशासन कार्यालय रुकुमले जनाएको छ ।

No comments:

Post a Comment