Saturday, July 26, 2014

विचैमा पडाई छोड्दै रुकुमका दलित वालवालीका


प्रविर ददेल 
विद्यालय छोडेर गााउमै रहका वालावालिका तस्वीर प्रविर ददेल 
साउन ११ ,रुकुम ।  शिक्षालाई निशूल्क गुनस्तरीय र प्रभावकारी रुपमा  सम्पुर्ण वालवालीकाको पहँुच सम्म पुय्राउन गाँउगाँउमा वर्षातको च्याउ उम्ररी झै दिनानु दिन सरकारी तथा निजी विद्यालय खुलीरहेको अवश्थामा रुकुमका दलित समुदायका वालवालीकाहरु आर्थिक अभावका कारण विचैमा विद्यालय छाड्न वाध्य रहेका छन । आर्थिक समस्याका कारण  रुकुमका दलीत विद्यार्थिहरले प्राथमिक तहको पढाई सँगै  स्कुल छाड्न वाध्य वनेका हुन । 
 दलित परिवारलाई साँझ विहानको छाक टार्न धौ धौ पर्ने गरेको दलित समुदायले जनाएका छन । कोही कोही दलीत विद्यार्थिहरुले निम्न मा. वि.सम्म जेन तेन पढे पनि माध्यमिक तह पुरा नगदै पढाई छोड्न गरेका छन ।, भने .उच्च मा.वि.मा भने आर्थिक कमजोर र विद्यालयको चर्को सुल्कका कारण आकाशको फलझैँ वनेको स्थानिय दलित  वुद्धीजिवी गंगाराम ददेल वताउछन । उनी भन्छन, गरीव तथा दलित विद्यार्थिहरुलाई उच्चमावि तथा क्यापसको पढाई आकासको फल वनेको छ । 
आफुले नपढेका कारण दु;ख पाएको अनुभव हुदा हुदै पनि आर्थीक अभावका कारण आफना छोरा छोरीलाई पढाउन नसकेकोमा छिवाङ २ का शेरवहादुर कामीले जनाए । उनका छोरा छोरी सवै प्रा.वि मै विद्यालय छाडेका छन भने जेठा छोरा २०५५ सालमा कक्षा ७ मा पढदापढदै विचैमा पढाई छोडी कालापहाडमा गएको वताईन । उनी  कालापहाडवाट घर फर्के पढने चाहाना भएपनि  स्कुले डे«समा नपाउदा पढन नपाएको खड्कवहादुर कामीले वताए । आफनो उमेरका वालवालिका  विद्यालय पढन गएको देख्दा आखामा आशु खस्छ उनले भने । तर घरको आर्थिक स्थितीले उनको पढने रहरलाई निरासा वनाएको वताए । 
सरकारले सवै नागरिकलाई साक्षरता वनाउन करोडौ रुपया खर्चीएको अवश्थामा यी कलीला वालवालीका भने आर्थिक स्थितीका कमजोर भएका कारण रुकुमको सदरमुकाम खंलगा ,स्थानीय वजार वैरागी ठाटी, सिम्रुतु झुल्नेटा लगायतका वजारका होटेलहरुमा जुठा भाडा माझी रहेका छन । 
छिवाङ्ग २ रुकुमका १२ वर्षिय  सन्जु सुनार उनी कक्षा ४ मा पढदा पढदै साझ विहानको छाक जुटाउन विद्यालय छोडी काम गर्न थालेको पिडा उनी भन्छन –मेरो पढने इच्छा छ । घरमा खान पुग्दैन सँगैका साथी स्कुल जादा मन रुन्छ । मेरो  कलम समाउने इच्छा कहिले पुरा होला । खोलागाउ –३ का १४ वर्षिय गोपाल कामी  पिडा पनि फरक छैन उनी भन्छन –  वावाले दिनभरी फलाम पिट्छन , तर पैसा हुदैन वर्षको एक चोटी २–३ पाथी अन्न ल्याउछौ ,त्यसले खान पुग्दैन ,दिनभरी मजदुर गरेर साझ ल्याउने होईना भने भोकै मरीन्छ भने कलम कापी किन्न र स्कुल जान पैसा नै छैन  भन्छन । आर्थिक स्थिती कमजोर भएका कारण विद्यालयको मुख देख्न पाईएन १४ वर्षका विवाह भयो अहीले १८वर्षकी भए घरमा २ छोरा र एक छोरी छन मेरो ज्यानमा समस्या छ विमला सार्की आफ्नै शव्दमा भनीन । यसरी दलीतले आर्थिक समस्याका कारण र शिक्षा नउाउदा वालविवाह ,वहुविवाह र कुलतमा फस्ने गर्दछन । 
गाँस, वाँस, कपास, शिक्षा ,स्वास्थ्य र रोजगार कुनै पनि मानिसको मौलीक अधिकार हो । तर मौलिक हक कितावमा मात्र सिमीत भएका छन । कार्यन्वयन भएको छैन । वेला वेला  शिक्षालाई गुणस्तरीय सर्वसुलभ र निशूल्क प्रदान गर्ने नारा घन्काउने राज्यको नारा भएपनि त्यो नारमा मात्र सिमीत भएका छन । निती नियमलाई कार्यन्वयनमा ध्यान नदिनु सरकारकोे गैर जिम्मेवारीपन  भएको दलित समुदाय वताउछन । 
भन्छन दलित वुद्धीजीवी लालवहादुर सेर्पाली । जिल्ला शिक्षा कार्यालयको तथ्याङ अनुसार साढे १२ प्रतिसत वालवालिका विद्यालय वाहिर रहेका छन । जसमा दलित वालवालिका नै वढी रहेको छ । 

No comments:

Post a Comment